इन्टरनेट मार्फत मानवअधिकार परामर्श दर्ता गर्ने मादोगुची प्रयोग गर्ने तरिका

 कानून मन्त्रालयको मानवअधिकार संरक्षण कार्यालयमा मानवअधिकार परामर्श इन्टरनेट मार्फत
गर्न सकिन्छ |
परामर्श फाराममा तपाईंको नाम, ठेगाना, उमेर, परामर्शको विषयवस्तु लेखेर पठाएमा केही दिनपछि
नजिकको कानूनी मामिला कार्यालयबाट इमेल अथवा टेलिफोनबाट जवाफ आउँछ |
तपाईंको चिन्ता र समस्याको बारेमा एक्लै चिन्ता लिएर नबसी बिना हिचकिचाहटपरामर्श गर्नुहोस् |
तल उल्लेखित「प्रयोग गर्ने सम्बन्धमा」लाई राम्रोसँग पढेपछि「अर्को」मा क्लिक गर्नुहोस् |

प्रयोग गर्ने सम्बन्धमा

1.

तपाईंको जानकारी पूर्ण रुपमा गुप्त राखिनेछ | तपाईंले भर्नु भएको व्यक्तिगत जान
प्रयोग हुने छैन |

2.

इन्टरनेट मार्फत परामर्श सेवा लिनको लागि इमेल पठाउने/पाउने सुविधा भएको त
था इन्टरनेट ब्राउज गर्न मिल्ने कम्प्युटर उपकरण आदि आवश्यक पर्दछ र
प्रयोग भएको इन्टरनेटको स्थिति अनुसार इन्टरनेट मार्फत मानवअधिकार परामर्श
सेवा प्राप्त गर्न नसकिने अवस्था पनि हुनसक्छ | 

3.

निवेदन दिने बेलामा दर्ता गरिएको इमेल एड्रेसमा परामर्श गर्ने「मानवअधिकार
परामर्शको विषयवस्तु लेख्ने फाराम」को जानकारी पठाईनेछ त्यसकारण
निवेदन दिनु अघि निम्न डोमेनबाट आउने इमेल प्राप्त गर्ने सेट अप गरेर राख्नुहोस् |
soudan.moj.go.jp

4.

जानकारी दिने「मानवअधिकार परामर्शको विषयवस्तु लेख्ने फाराम」बाट परामर्श गर्
ने विषय ३ पटकसम्म पठाउन सकिन्छ |

5.

परामर्शको जवाफ दिन केही दिन लाग्नसक्छ | यदि तपाईं हतारमा हुनुहुन्छ,
इन्टरनेट प्रयोग गर्ने वातावरणको कारण इन्टरनेट मार्फत निवेदन दिन नसक्ने
महानुभावहरुले「नजिकको कानून मामिला कार्यालय」 अथवा 「 विदेशी भाषा मानव
अधिकार परामर्श टेलिफोन」प्रयोग गर्नुहोस् |

6.

परामर्शको विषय अनुसार टेलिफोन अथवा प्रत्यक्ष भेटवार्ताबाट कुरा सुनिदिने पनि
हुन्छ |